दफा
सदस्यको निमित्त अयोग्यता

देहायको कुनै व्यक्ति काउन्सिलको सदस्यमा मनोनीत वा निर्वाचित हुन वा सदस्यमा बहाल रहन अयोग्य मानिनेछ:–
(क) गैर नेपाली नागरिक,

(ख) दर्ता किताबबाट नाम हटाइएको,

(ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएको,

(घ) एम.बी.बी.एस. वा सो सरह  वा बी.डी.एस. वा सो सरह उपाधि प्राप्त गरेको मितिले पाँच वर्ष पूरा नभएको । तर यो खण्डमा तोकिएको अयोग्यता दफा ४ को उपदफा (१) को खण्ड (च) बमोजिम निर्वाचित हुने सदस्यको हकमा मात्र लागू हुनेछ